Public Pana
जाडो समयमा धुलिखेल जीपलाइनले ल्यायो २० प्रतिशत छुट

काभ्रेस्थित धुलिखेल जीपलाइनले पर्यटक लक्षित ‘विन्टर अफर’ सार्वजनिक गरेको छ ।

यस अन्तर्गत पर्यटकले कम्पनीले दिँदै आएको सबै प्रकारको जिपलाइन खेलमा २० प्रतिशत छुट पाउने भएका छन् ।         
सुपरम्यान जिपलाइन सञ्चालनमा ल्याएको कम्पनीले लागू गरेको छुट अनुसार २ हजार रुपैयाँमा क्लासिक जिपलाइन, २ हजार ८०० रुपैयाँमा सुवरक्यान र ३ हजार ६०० रुपैयाँमा टेन्डम जिपलाइनको सेवा लिन सक्ने जनाएको छ।

कम्पनीका अनुसार छुटको मूल्यमै पर्यटकले फोटो र भिडियोको सेवा लिन सक्नेछन् ।


छुट रहित यी खेलको मूल्य क्रमशः २ हजार ५००, ३ हजार ५०० र ४ हजार ५०० रुपैयाँ छ।


आउँदो डिसेम्बर २८ सम्म पर्यटकले  यो योजना अन्तर्गतको सेवा लिन सक्ने कम्पनीले जनाएको छ।


११  सय मिटर दुरीमा रहेको यो जिपलाइन धुलिखेल नगरपालिकाको थाक्लेदेखि पाँचखालको खावासम्म जोडीएको छ ।


करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जंगलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ।


सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले धुलिखेल जिपलाइन सुरू गरेका हुन्। युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भएर निर्माण गरिएको र सुरक्षामा कुनै कसर बाँकी नराख्ने संचालकको दाबी छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update