
थाइ एयरवेजले नेपालमा पुनः उडान सुरु गरेको डेढ महिनामै सेवा विस्तार गर्न लागेको छ ।
तीन वर्षपछि फेरी सेवा शुरु गरेको थाइ एयरवेजले नेपालमा डेढ महिनामै उडान बढाउन लागेको हो ।
नेपालका लागि थाइ एयरवेजको आधिकारिक जनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेसनलले उडान बढाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।
दैनिक दुईवटा उडान गर्ने गरि प्रस्ताव आएको प्राधिकरणले जनाएको छ ।
थाइ एयरवेजले आउँदो शुक्रबारदेखि लागू हुने गरि दैनिक २ वटा उडान गर्न प्रस्ताव पेस गरेकोले प्राधिकरण अध्ययनमा लागेको र अनुमतिका लागि प्रक्रिया अघि बढाउन सक्ने सम्भावना देखिएको छ ।
हाल यो कम्पनीले दैनिक एउटा उडान गर्दै आएको छ ।
कोभिड १९ अघि वाइडबडी जहाजमार्फत उडान गर्दै आएको कम्पनीले हाल न्यारोबडी सिरिजको जहाजमार्फत सेवा दिँदै आएको छ ।
यात्रुको चापका कारण उडान बढाउन लागेको हो ।