नेप्सेमा सुधार, लगानीकर्ता उत्साहित

शेयर कारोबार हुने साताको तेश्रो दिन आज मंगलबार नेप्से ३६.८६ अंकले बढेको छ ।
बजार खुलेको पहिलो १० मिनेटमा ६ अंकले घटेको नेप्से त्यसपछि निरन्तर उकालो लागेर आज उच्चहुँदै १९८५.४४ बिन्दु पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
राष्ट्र बैंकले नीतिगत दरहरु कम गरेको प्रभावस्वरुप वाणिज्य बैंकले ब्याजदर घटाउन थालेपछि शेयर बजार बढेकोले लगानीकर्ताहरु उत्साहित भएका छन् ।
होटल उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढेको छ ।
जलविद्युत, वित्त र जीवन बिमा उपसमूहको सूचक पनि ३ प्रतिशत भन्दा बढी उकालो लागेको छ ।
आज शिवम् सिमेन्टको १८ करोड ७ लाख रुपैयाँको कारोबार भएको हो ।
मौद्रिक नीतिमा लचकताका कारण आइतबार १११ अंकको छलाङ मारेको नेप्सेमा हिजो सोमबार भने १५ अंकको कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० १५:२५
प्रतिक्रिया दिनुहोस्