Public Pana
कोशी मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ । 


आज मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो । 


ढुंगा प्रहार मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ ।

 
कालो झण्डा देखाउँदै आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update