Public Pana
ललितपुरमा प्रहरीद्धारा गोली प्रहार

ललितपुरको झम्सिखेलमा प्रहरीले गोली चलाएको छ ।


लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।


गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।


पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि लागुऔषध कारोबारीलाई गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।


घाइतेको साथबाट आइस ड्रग तथा एउटा पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ। उनको दाहिने खुट्टामा गोली लागेको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update