Public Pana
अण्डर १९ एसिया कप क्रिकेटमा भारतसामु नेपालको खराव प्रर्दशन ५२ रनमै अलआउट

अण्डर १९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ ।

दुबईको आईसीसीए  मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा मात्र  ५२ रन बनाएर आउट भएको हो । 
नेपालका कुनैपनि खेलाडीले भारतीय बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामीले १८ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए ।

अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन कुमाल ७ रनमा क्याच आउट भए । अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट भएका थिए ।
 नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । नेपाल आजको खेलमा पराजित भए समूह चरणबाटै बाहिरिनेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update