Public Pana
एनसेलविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ हुने

एनसेल अजियाटाविरुद्ध सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज मंगलबार सुनुवाइ हुने भएको छ ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् ।

उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update