Public Pana
हमासको कब्जामा रहेका विपिनको रिहाइका लागि कतारका प्रधानमन्त्रीलाई नेपालको आग्रह

गाजा क्षेत्रबाट हमासको नियन्त्रणमा पुगेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसमक्ष नेपालले औपचारिक आग्रह गरेको छ।

कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँगको शिष्टाचार भेटमा यो आग्रह गरेका हुन्।

कतारको दोहामा भएको भेटमा दुईपक्षबीच व्यापार र लगानीका विषयमा, कतार फण्ड फर डेभलपमेन्टमार्फत् सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानका साथै विपिन जोशीको रिहाइका विषयमा विशेष छलफल भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

जवाफमा कतारका प्रधानमन्त्रीले विपिनको रिहाइका लागि सबै प्रयास भइरहेको जानकारी दिएका छन्।

विपिन गत असोज २० गतेदेखि हमास समूहको कब्जामा छन्।

 


 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update