Public Pana
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराउन लागे पार्टीहरु

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार दिउँसोसम्म पाँच वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् ।


निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन् ।


राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदुर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् ।


आयोगका एक पदाधिकारीका अनुसार नेपाली काँग्रेस, जसपा र लोसपा लगायतका दल सोमबारसम्म दल दर्ताका लागि आयोग पुगेका छैनन् ।


आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सूचना जारी गरेको थियो ।

दल दर्ताका मंसिर २९  गतेसम्मका लागि समय दिएको आयोगले जनाएको छ ।

आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update