Public Pana
शेयर कारोबार धेरै भएपनि नेप्से घट्यो

कारोबार हुने साताको दोश्रो दिन आज सोमबार कुल ४ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

अघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब पुग्न सकेको छैन ।


उच्च कारोबारका बाबजुद पनि शेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा १५.४० अंक घटेको छ । अघिल्लो दिन तीन पटक सर्किट लागेर बजार १११ अंक बढेको थियो ।


आज सोमबार कुल ८१ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा समूह भने १.३ प्रतिशत बढ्यो ।


बैंकिङ १५, विकास बैंक ८०, फाइनान्स २२, होटल तथा पर्यटन ७६, जलविद्युत् १४, जीवन बीमा ७९, अन्य १७ र व्यापार उपसमूह ३१ अंक घटे । निर्जीवन बीमा १४६, माइक्रोफाइनान्स १५ र उत्पादन समूह १३ अंक बढे ।


यसैबिच, बोटलर्स नेपाल (बालाजु), सामुदायिक लघुवित्त र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ९.९, इनिफिनिटी लघुवित्तको ९.६ तथा मानुसी लघुवित्तको ९.३ प्रतिशतले मूल्य बढ्यो । समता लघुवित्तको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । मन्दाकिनी हाइड्रोको ५.८, स्वाभिमान लघुवित्तको ५.४, एसियन हाइड्रोपावरको ५.३ र अपार स्याङ्गे हाइड्रोपावरको ५.२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update