Public Pana
नरहरि घिमिरे भए अख्तियारको प्रवक्ता 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेले पाएका छन् ।


सोही आयोगमा कार्यरत सहसचिव घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिइएको आज सोमबार एक सूचनामार्फत अख्तियारले जानकारी दिएको हो । उनले आजकै मितिबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्  ।


साथै, प्रवक्तासँग सम्पर्क गर्नका लागि टेलिफोन ०१–५२६२२३ र मोबाइल नम्बर ९८५१२३३२८१ को व्यवस्था गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update