Public Pana
भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न निर्देशन दिए ओलीले 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।


मध्यपहाडी सङ्कल्प यात्राको क्रममा काभ्रे दोलालघाटमा स्थानीयसँग अन्तरक्रिया गर्दै मिसन ०८४ भेट्नको लागि अहिले पार्टी विभिन्न अभ्यासहरूबाट अगाडि बढिरहेको बताए ।


उनले भने, ‘यो सङ्कल्पको धेरै पाटो छन् । त्यसलाई भेट्नको लागि मिसन ०८४ नै हो । मिसन ०८४ भेट्नको लागि अहिले हामी विभिन्न अभ्यासहरूबाट अगाडि बढिरहेका छौँ । मिसन ०८४ भेट्नको लागि सिङ्गो देश एकजुट भएर बढ्नुपर्ने आवश्यकता छ । भ्रम र अन्योलमा नपर्नुपर्ने अवस्था छ ।’


राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने उनको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update