Public Pana
महासचिव गौतमले दिए राजीनामा

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् ।

आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।


उनको राजीनामाको विषयलाई लिएर सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका छन् ।


२०७७ वैशाख २२ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update