Public Pana
बिराटनगरका एक युवामाथी भारतको रक्सौलमा गोली प्रहार

भारतमा विराटनगरका एक जना युवामाथी गोली प्रहार भएको छ ।  गोली लागेर घाइते भएका उनको बिराटनगरस्थित कोशी अस्पतालमा  उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् । 

विराटनगर २८ वर्षीय निर्दोष संग्रौलामाथि रक्सौलस्थित रेलवे स्टेशननजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले जानकारी दिनुभयो ।

आइतवार अपरान्ह उक्त घटना भएको र उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्ने समुहको पहिचान नभएको र भारतीय सुरक्षा निकायसँग समन्वय गरि घटनावारे आवश्यक अनुसन्धान गरिहेको बिराटनगर प्रहरीले  जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update