हामी नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि ।
पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल । त्यसैले पनि विश्वले विश्व पर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ । यस वर्ष हिमालको महत्त्व छ भन्ने नाराका साथ विश्व पर्वत दिवस मनाइँदै छ ।
यस वर्षको विश्व पर्वत दिवसको नारा "Restoring mountain ecosystems" अर्थात् पर्वतको पर्यावरणलाई पूर्नस्थापित गर्दै भन्ने आशयसंग जोडेर यस वर्ष विश्व पर्वत दिवसको खाका कोरिएको छ ।
हेर्दा सुन्दर देखिने मात्र होइन, सूर्यको उदाउँदो वा अस्ताउँदो प्रकाश पर्दा मनमोहक देखिने मात्र होइन, पर्वतहरूले हाम्रो जीवनसँग अन्योन्याश्रित सम्बन्ध राख्छन् । हिमालहरूबाट नै आउने कलकल बग्ने खोलाहरू हुन् या समुद्रबाट उडेको बादल गएर हिमालहरूमा ठोक्किएर पर्ने पानी किन नहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अति आवश्यक छ ।
नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ । हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ ।
त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडीबुटीमा हामी विश्वमै धनी छौँ, विशेष छौँ ।
तर, यही समयमा हामीसँग चिन्ता र चुनौतीहरू पनि बढेका छन् ।
विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएका छन् । अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरूको पनि लोप हुँदै गएको छ ।
पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्यूनीकरण गर्न अब सोच्ने समय आएको छ ।
विश्वको ध्यान आफूतिर ताने, निर्मल पुर्जाले । निम्स दाइ भनेर पनि चिनिने निर्मलले पाएको सफलताबारे बनेको फिल्म फोर्टिन पिक्स अहिले विश्वमा सबैभन्दा धेरै हेरिएका डकुमेन्ट्रीमध्ये एक बनेको छ ।
अर्को फेरि नेपालको भूकम्पसँग जोडेर बनाइएको पर्वतहरूको व्यथा समावेश भएको फोर्टिन पिक्स पनि सर्वाधिक हेरिएको वृत्तचित्र बनेको छ ।
तपाईँले पनि फिल्म हेर्नु भएको छ भने त्यहाँ निर्मलले भनेका केही कुराहरू पक्कै याद छन् होला । उनले हिमाल र मानिसको सम्बन्धबारे फिल्ममा निकै मीठो भाषामा त्यसलाई परिभाषित गरेका छन् ।
विश्वका ८ हजारभन्दा अग्ला सबै १४ हिमाल ७ महिनाभन्दा कम अवधिमा चढेर विश्वमा नयाँ रेकर्ड बनाएका छन् ।
उनले यो आँट र साहसलाई नाम दिएका छन्– प्रोजेक्ट पोसिबल । मानिसले चाहेको खण्डमा जे पनि गर्न सक्छ, उसमा मिहिनेत र आँट, विश्वास र दृढता चाहिन्छ भनेर प्रमाणित गरेका छन्, निर्मलले । उनको यो रेकर्ड नेपाल र नेपालीको विश्वासलाई विश्वमा चिनाउन सफल भएको छ ।
चुनौतीहरूबाट हाम्रा हिमालहरू जोगाऔँ । सबैमा शुभकामना ।