Public Pana
मौसम : तराईमा हुस्सु पहाडमा प्रदेशमा हिमपातको सम्भावना

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
तराईका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशभरिको तापक्रममा केही गिरावट आउन सक्ने हुँदा चिसोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update