Public Pana
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले किन दिए राजीनामा !

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदवाट राजीनामा दिएका छन् । गजुरेलले ४ दिन अघि राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत गर्नु भएको छैन ।

स्रोतले भन्यो प्रधानमन्त्रीसँग असन्तुष्टी भएरै राजीनामा दिनुभएको हो, तर प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँलाई सम्झाई बुझाई गर्ने भन्दै राजीनामा स्वीकृत गर्नुभएको छैन, यद्यपी प्रधानमन्त्री र गजुरेलबीच के कुरामा असमझदारी बढ्यो भन्ने एकीन भइनसककेको छैन ।

आफुले राजीनामा दिएकोवारे गजुरेलले पुष्टी गरेपनि कारणवारे खुलाउन चाहनु भएन ।

उहाँले भन्नुभयो राजीनामा स्वीकृत हुन दिनुहोस अनि कारण बताउनुला । गजुरेल गत माघमा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update