Public Pana
अस्ट्रेलिया भ्रमणले दुई देशिय सम्बन्ध बलियो भएको उपमेयर डंगोलको दाबी

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएकी छिन् ।


अष्ट्रेलियन सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतावासको संयुक्त निमन्त्रणमा उनी गत मंसिर ८ गते अस्ट्रेलिया भ्रमणमा गएकी थिइन ।


सो क्रममा उनले दुई देशको सम्बन्ध बलियो भएको उनले उल्लेख गरिन् ।


भेटमा एसीटी महिला योजना २०१६ – २०२६ बारे पनि छलफल भएको उनको भनाइ छ।  


भ्रमणका क्रममा मानव संशाधन, लैंगिक समानता, आधुनिक दासप्रथा विरुद्धको अभियानलगायतका कार्यक्रमका सन्र्दभमा सम्भावित साझेदारी र समन्वय गर्न अस्ट्रेलियाली अन्तराष्ट्रिय मामिला तथा व्यापार विभागका वरिष्ठ अधिकृत ग्यारी कोवेनसँग पनि भेट भएको थियो।
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update