Public Pana
भारतकी मायावतीले आकाश आनन्दलाई दिइन् पार्टीको उत्तराधिकार

भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशकी पूर्वमुख्यन्त्री तथा बहुजन समाज पार्टीकी प्रमुख मायावतीले आफ्नो उत्तराधिकारी आफ्नै भदाहा आकाश आनन्दलाई घोषित गरेकी छन् ।


आकाश मायावतीका दाजु आनन्द कुमारका छोरा हुन् ।

बीएसपीका नेता उदयवीर सिंहले समाचार एजेन्सीहरुलाई आइतबार यो जानकारी गराएका हुन् ।


पार्टीभित्र र समग्र यूपीमा बहनजी नामले चिनिने दलित नेता मायावतीले आफ्नो शेषपछि आकाश आनन्द पार्टीको उत्तराधिकारी हुने निर्णय सुनाएकी छन् ।

यूपी र झारखण्डमा राम्रो पकड रहेको बीएसपीमा आसन्न लोकसभा चुनावअघि उनी उत्तराधिकारी बन्ने आँकलन गरिएको थियो ।


भारतको केन्द्रीय संसदमा ८ सीट रहेको बीएसपी दलितहरुको पार्टीको रुपमा चिनिन्छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update