Public Pana
आज पनि सुनुवाइ भएन सन्दिपको मुद्धा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज आइतबार पनि सुनुवाइ नहुने भएको छ ।


आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी चढेको भए पनि सन्दीपका वकिलले स्थगित गर्न निवेदन दिएका हुन् । 


सन्दीपको पक्षमा बहस गर्ने कानुन व्यवसायी नेपाल बार

एसोसिएसनको सम्मेलनका लागि चितवनमा रहेकाले स्थगनको निवेदन दिएको अधिवक्ता मुरारी सापकोटाले बताए । 
यसअघि कात्तिक २३ गते इजलासले दुवै पक्षका कानुन व्यवसायीलाई बहस नोट बुझाउन आदेश दिएको थियो ।


एक महिनाभित्र बहस नोट बुझाउन भनेको र बहस नोट पनि बुझाइसकेकाले आइतबार फैसला हुने सम्भावना भए पनि सुनुवाइ नै अगाडि बढ्न सकेन ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update