Public Pana
त्रि.वि.को दीक्षान्तमा भाग लिनका लागि विद्यार्थीलाई सास्तीे लाइनको लर्को
फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहको कार्यक्रम आगामि पुस २ गते सोमबार त्रिपुरेश्वर स्थित दसरथ रंगशालामा हुने भएको छ ।
समारोहमा २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते सन् ( १५ जुन २०२२ देखि १५ औं जुन २०२३) सम्ममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् ।
दिक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन-स्कार्फ-टोपी लगाएर बिहान १०ः०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने जनाएको छ ।
साथै तोकिएको स्थानमा बस्नेपर्ने र विद्यावारिधि (पिएचडी) र दीक्षान्त पदक - पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू सबभन्दा अगाडिको आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्नेछ ।


समारोहमा भाग लिने विद्यार्थीलाई तोकिएको गाउन तथा स्कार्फको लागि आज २४देखि यहि मंसिर ३० गतेसम्म लिनुपर्नेछ ।

पहिलो दिन लाइनको लर्कोले त्रिभुवन विश्वविद्यालयको वितरण शाखामा लाइनको लर्कोले सबैलाई सास्ती बनाएको छ । 


ड्रेसमा छात्रहरूले आफ्नो खुशी पोशाकमा कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपी सहित त्रिविले उपलब्ध गराएको गाउन-स्कार्फ-टोपी र छात्राहरूले औपचारिक पोशाक वा साडी,  ब्लाउजमा र त्रिविले उपलब्ध गराएको गाउन-स्कार्फ-टोपी पहिरिनुपर्ने सुचनामा उल्लेख छ ।


 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update