Public Pana
शेयर बजारको दोश्रो सर्किट ब्रेकले ४० मिनेट कारोबार बन्द

साताको पहिलो दिन आज आइतबार शेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ ।


कारोबार खुलेको ५ मिनेटमै बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४ प्रतिशत बढेपछि पहिलो सर्किट लागेको थियो ।

त्यसपछि २० मिनेट स्थगित भएर फेरि

खुलेको कारोबारमा २ मिनेटमै  अघिल्लो दिनको तुलनामा ५ प्रतिशत वृद्धि भएपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।


दोस्रो सर्किट लागेपछि शेयर बजारको परिसूचक नेप्से ९२.७ अंक बढेर १९४५ अंकमा कायम भएको छ ।

११: २७ बजेसम्म २९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो समयसम्म जलविद्युत् समूह सबैभन्दा धेरै ७ प्रतिशत बढेको छ ।

दोस्रो सर्किट ब्रेकपछि होटल तथा पर्यटन समूह ६, बैंकिङ ४.८, विकास बैंक ४.५, फाइनान्स ४.४, लगानी ५.१, जीवन बीमा ५, माइक्रोफाइनान्स ३.६, उत्पादन ४.५, निर्जीवन बीमा ४.५, अन्य ४.२ र ब्यापार उपसमूह ४ प्रतिशतले बढेका छन् ।

योसँगै कारोबार ४० मिनेटका लागि स्थगित भएको छ ।


शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले सेयर धितो कर्जाको जोखिमभार १२५ मा झारेपछि लगानीकर्तामा मनोबल बढेको छ । त्यसअघि यस्तो जोखिमभार १५० प्रतिशत थियो ।


 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update