Public Pana
साढे ६ किलो सुनसहित तीन विदेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ ।

गए राति ६ किलो ५६५ ग्राम सुन बरामद भएको हो । 


भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले उक्त सुन बरामद गरेको हो । सुनसँगै तीन जना विदेशी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन बोकेर आएका इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन रहेका छन् । उनले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।


उनीसँगै रहेका दुई सुडानी नागरिकलाई पनि प्रहरी पक्राउ गरेको छ ।

अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो । सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए ।


चन्दका अनुसार फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका हुन ।

जहाज गए राति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

चेकजाँचको क्रममा भन्सार क्रस गरेपछि उनीहरू गए राति १२ः४५ बजे पक्राउ गरिएको चन्दले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update