Public Pana
अफगानिस्तानलाई जित्यो नेपालले 
फाइल तस्बिर

यूएईको आइसीसी एकेडेमी ओभल–२ मा जारी एसीसी यू–१९ एसिया कपमा अफगानिस्ताविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। 


अलराउन्डर गुल्शन झाले नेपाललाई पहिलो सफलता दिलाएका हुन्।


गुल्शनले अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिललाई १५ रनमा कप्तान देव खनालको हातबाट क्याच आउट गराए। 


खालिद तनिवाल २ रनमा नटआउट छन्। अहिले क्रिजमा जम्सिद जड्रान आएका छन्। 


नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले दोस्रो ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा १७ रन बनाएर खेलिरहेको छ। 


नेपाललाई सेमिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब छ।


आजको खेल हारे नेपालको सेमिफाइनल सम्भावना कठिन बन्नेछ। 


पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको नेपाल आजको खेल जित्न चाहन्छ। 


अफगानिस्तान पनि आजको खेलमा नेपाललाई हराउँदै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ।
अफगानिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले हारेको थियो।
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update