Public Pana
देशभरका सिडियोलाई गृहमन्त्रीको निर्देशन- शीतलहरबाट जनता जोगाउनू

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका छन् । 

देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका गृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका हुन् । 

केही दिनयता देशभर चिसो बढेको छ भने तराई क्षेत्रमा पनि शीतलहर चलेको छ । शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न उनले सिडियोहरुलाई निर्देशन दिएका हुन् । 
 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update