Public Pana
आज अफगानिस्तानसँग भिड्दै नेपाल

एसीसी यू–१९ एसिया कपमा आइतबार (आज) नेपाल अफगानिस्तानसँग भिड्दै छ ।

दुबईको आईसीसी एकेडेमी ओभल २ मा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपाललाई सेमिफाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ। आजको खेलमा पनि नेपाल पराजित भए सेमिफाइनलमा पुग्ने सम्भावना सकिनेछ।

पहिलो खेलमा कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्। आजको खेलमा उनीहरुबाट नेपाली टोलीले राम्रो प्रदर्शनको आशा गरेको छ। 

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको थियो।  अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग ७ विकेटले नै हारेको थियो।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ। 

एसिया कपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तानसँगै अफगानिस्तान छ। समूह बीमा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्। एसिया कप मंसिर २२ देखि पुस १ गतेसम्म चल्नेछ। 

नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update