Public Pana
रौतहटको खेतमा बिजुलीको तार खसेर करेन्ट लाग्दा किसान र गोरुको मृत्यु

रौतहटमा खेत जोतिरहँदा करेन्ट लागेर किसान र गोरुको मृत्यु भएको छ । 

हिजो शनिबार साँझ खेत जोतिरहेको बेला करेन्ट लाग्दा माधवनारायण नगरपालिका–७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खेत जोतिरहेका बेला अकस्मात ११ हजार भोल्टको बिजुलीको तार चुडिएर जमिनमा खस्दा पण्डितको मृत्यु भएको हो। करेन्ट लागेर पण्डितसँगै उनले जोतिरहेका दुबै गोरु पनि मरेका छन्। 

विद्युत् प्राधिकरणको चरम लापरबाहीले घटना भएको भन्दै पीडित र स्थानीयले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्। 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update