Public Pana
ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने रु पाँच लाख बराबरको क्षति भएको छ । 


सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए । 

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update