Public Pana
बलिउड अभिनेता जुनियर महमूदको मृत्यु

बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ ।

चौथो चरणको पेटको क्यान्सरबाट पीडित महमूदको उपचारका क्रममा ६७ वर्षको उमेरमा गएराति निधन भएको हो ।

उनी मुम्बईको परेलस्थित टाटा मेमोरियल अस्पतालमा उपचाररत् थिए ।
महमूदका छोरा हसनेनले बुवाको निधनबारे पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिनेता महमूदले हाथी मेरे साथी, मेरा नाम जोकर, हरे राम, हरे कृष्णलगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए ।

उनले अभिनय गरेको हरे राम, हरे कृष्ण फिल्म नेपालमा पनि छायाँकन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update