Public Pana
हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का एक घाइते

मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर–१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१२ बस्ने ३२ वर्षीया निशा कुमारीको ज्यान गएको हो ।

उहाँ मोटरसाइकलमा सवार हुनुहुन्थ्यो ।

मोटरसाइकलका चालक निशाका श्रीमान ४३ वर्षीय रोशनकुमार राय घाइते हुनुभएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो ।

घाइते रायको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ ।

उहाँको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update