Public Pana
३० प्रतिशतले रेमिट्यान्स बढ्यो

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ ।

आज शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो ।

विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु ९९ अर्ब ७ करोडले बचतमा रहेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु ३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति रु १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।

शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भइ २०८० असोज मसान्तमा रु.१६४३ अर्ब ९ करोड पुगेको छ, जुन करिब १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update