Public Pana
२ किलो सुनसहित नागढुंगाबाट तीन जना पक्राउ

नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ परेका छन् ।


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रबिन्द्र रेग्मीका अनुसार २ किलो सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।


रसुवाबाट काठमाडौँ आइरहेको स्कार्पियो नागढुंगामा चेक गर्दा समातिएको उनले बताए। पक्राउ पर्नेमा तीनै जना रसुवाका रहेका छन् ।


उक्त सुन चिनियाँ नागरिकको हो भन्ने बुझिएको छ। चिनियाँ नागरिकलाई समात्न टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।


थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update