Public Pana
गुलशन आउट भएसँगै संकटमा नेपाल

नेपालका प्रमुख ब्याटर गुलशन झा एसिसी यू१९ एसिया कपमा पाकिस्तानविरुद्ध आउट भएका छन् ।

दुबईमा रहेको आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १७.१ ओभरमा ५ विकेट गुमाउँदै ४७ रन बनाएको छ ।


नेपालका दीपेक कँडेल र उत्तमथापा मगर क्रिजमा छन् ।


गुलशन स्पिनर अली असफन्दको १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए ।


सिनियर टोलीबाट खेली सकेका गुलशनले ४ बल खेल्दा १ रन बनाए ।


गुलशन आउटसँगै नेपाल समस्यामा परेको छ । अघिल्लो ओभरमा नेपालले अर्का प्रमुख ब्याटर अर्जुन कुमाललाई गुमाएको थियो ।


अर्जुन कुमाल ३७ बलमा ३ चौकासहित २१ रनमा क्याच आउट भए । तीव्र गतिका बलर मोहम्मद जिशानको बलमा अर्जुन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भए । 


अग्ला कदका जिशानको बलमा अर्जुन आउट भएसँगै गुलशन झा ब्याटिङका लागि आएका थिए ।


नेपालले ओपनर विपिन रावललाई ७ रनमा गुमाएको थियो । तीव्र गतिका बलर आमिर हसनको तेस्रो ओभरको दोस्रो बलमा विपिन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भएका हुन् ।

अर्का तीव्र गतिका बलर उबेद शाहले आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठीलाई ६ रनमा एलबीडब्लू आउट गरे ।

कप्तान देव खनाल १३ बल खेल्दा खाता खोल्न सकेनन् ।

मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update