Public Pana
पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल

संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ ।


दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्ताननका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।


उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update