Public Pana
एनसेलको शेयर बिक्री तत्काल अगाडि नबढाउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले दूरसञ्चार कम्पनी एनसेलको शेयर बिक्री रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

आजियाटाले गरेको एनसेलको ८० प्रतिशत शेयर बिक्री कानुन अनुसार नभएको भन्दै अधिवक्ता गोकुलबहादुर रोकायाले उच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले कारण देखाउ आदेश जारी गर्दै मंसिर २५ गते दुवै पक्षलाई छलफलमा झिकाएको हो ।

त्यतिन्जेल सेयर खरिद बिक्रीको प्रक्रिया अगाडि नबढाउन पनि अल्पकालीन अन्तरिम आदेश दिएको छ।

एनसेलले पूर्वस्वीकृतिबिना सेयर खरिद बिक्री नगर्नु भनी पत्र लेख्दा लेख्दै पनि विपक्षीले सरकारलाई तिर्नु÷बुझाउनुपर्ने कर पुँजीगत लाभकरसमेत छल्ने उद्देश्यबाट विदेशमा कम्पनी खोली सेयर बिक्री गरेको र उक्त कार्य गैरकानुनी रहेको भन्दै रोकायले उच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update