Public Pana
काठमाडौँ लगायत पहाडी भागमा आज धेरै जाडो बढ्यो

काठमाडौँ उपत्यका लगायत मा आज बिहीबार धेरै जाडो बढेको महसुस भएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोअस्तिको तुलनामा उपत्यका लगायत पहाडी भागमा आज  चिसो बढेको हो ।

आज दिउँसोदेखि काठमाडौँ उपत्यका लगायतका पहाडी भागमा तापक्रम १५ डिग्री रहेकोमा अहिले १४ डिग्री सेल्सियस रहेको छ ।  यो हिजोभन्दा ५ डिग्री कम हो । 

हिजो यही समय २० देखि १८ डिग्री थियो । आज चिसो बढेकै महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार यतिबेला काठमाडौँ उपत्यकामा हुस्सु लागेको छ। 


भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले यस्तो भएको र यसको प्रभाव पूर्वतिर अझ बढी हुने महाशाखाको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update