Public Pana
सर्वोच्चका लागि सिफारिश न्यायाधीश विरुद्ध १० उजुरी

सर्वोच्च अदालतमा सिफारिश भएका न्यायाधीश विरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् ।


समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बिहीबार सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो ।


सर्वोच्चका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा ६, टेकप्रसाद ढुङ्गानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले बताए ।


त्यस्तै, तीन जनाका विरुद्ध उजुरी परेको छ्रन् ।


सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी नपरेको जबराले बताए ।


समितिका सदस्यहरूले उजुरीउपर र कार्ययोजनाको विषयमा विस्तृतरुपमा अध्ययन गर्नुपर्ने भएकाले केही दिन समय दिनुपर्ने माग गरेका छन्।

अध्ययन समितिले सिफारिश भएका न्यायाधीशहरूको सुनुवाइका लागि यही मंसीर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।


न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि मंसीर ५ गते ६ जनाको नाम सिफारिश गरेको थियो।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update