Public Pana
पृथ्वी जयन्ती उत्सवको रुपमा मनाउने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउने भएको छ ।


आज बिहीबार काठमाडौंको धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्र र अन्य तहमा पृथ्वी जयन्तीलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  


श्रेष्ठका अनुसार राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग छलफल गर्ने जिम्मेवारी बुद्धिमान तामाङ र इलाम लगायतमा हुने उपनिर्वाचन सम्बन्धी आवश्यक तयारीको जिम्मेवारी हेमजङ्ग गुरुङलाई दिने निर्णय गरेको हो । 


पार्टी केन्द्रीय कार्य समितिको बैठक पुस १, २ र ३ गते काठमाडौंमा बस्ने भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update