Public Pana
सहकर्मीद्धारा संसद सचिवालयका कर्मचारीमाथि हातपात

संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् ।


अस्ति मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ ।


उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको स्रोतको भनाइ छ ।


संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त घटना आफ्नो जानकारीमा रहेको प्रतिक्रिया दिए ।

यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update