Public Pana
सुनुवाइ समितिद्धारा परराष्ट्रमन्त्रीसँग पोर्चुगलमा दूतावास खोल्नुपर्ने कारण माग

संसदीय सुनुवाइ समितिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ ।


यस विषयमा भोली शुक्रबार परराष्ट्र मन्त्रीसँग छलफल गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।


आज बिहीबारको बैठकमा एमाले सांसद महेश बर्तौलाले अहिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे सरकारले जवाफ दिनुपर्ने बताएका थिए ।


उनले सरकार आर्थिक समस्यामा रहेका बेला नयाँ दूतावास खोल्नु बोझिलो मात्र हुने बताएका थिए ।


यद्यपि सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिससमेत गरिसकेको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update