Public Pana
एनसेल खरिद–बिक्रीबारे अध्ययन गर्न समिति गठन गर्ने मन्त्रीपरिषदको निर्णय

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ ।


आज बिहीबार बसको मन्त्रिपरिषद्को बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका अध्यक्ष सुजन कुमार काफ्ले सदस्य रहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update