Public Pana
प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच एनसेल खरिद बिक्रीबारे आज छलफल
फाइल तस्बिर

प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबिच भेटवार्ता भएको छ ।

आज बुधवार  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो ।

एनसेलको शङ्कास्पद शेयर खरिद–बिक्रीबारे चर्चा र बहस भइरहेका बेला सत्तारुढ तीन दलका नेताहरूबिच भेटवार्ता र छलफल भएको हो ।

नेताहरूबिच एनसेल खरिद विक्री प्रकरण बारे कुराकानी भएको बुझिएको छ ।

तीन नेताबिच छानबिनका लागि समिति गठन गर्नेबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।


हिजो मङ्गलवार साँझ पनि गठबन्धन दलका नेताहरूबिच भएको छलफलमा उक्त कारोबार शङ्कास्पद भन्दै छानबिन गर्ने सहमति जुटेको थियो । तर सरकारले छानबिन समिति भने गठन गरिसकेको छैन ।

आज बुधवार संसद्का २ वटा संसदीय समितिमा पनि एनसेलबारे बहस भएको छ । लेखा समिति र अर्थ समितिमा एनसेल बिक्रीबारे छलफल भएको हो ।

3 dal1701909920.jpg

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update