Public Pana
प्रधान सेनापति शर्मा र अमेरिकी अधिकारी लाउबाचरबीच शिष्टाचार भेट

प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले शिष्टाचार भेट गरेकी छन् ।
 
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।

भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर थम्पसन उपस्थित थिए।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update