Public Pana
उच्च अदालत पाटनमा एनसेलविरुद्ध रिट दायर

दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध रिट दायर भएको छ । एनसेलको ८० प्रतिशत शेयर बिक्री अवैध भएको भन्दै अन्तरिम आदेशबाट बदर गर्न माग गर्दै बाजुराका गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट हालेका हुन् ।

पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ बिलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा किस्ताबन्दीमा भुक्तानी गर्ने गरी भएको बिक्री शङ्कास्पद भएको भन्दै अनुसन्धानका लागि पनि आदेश माग गरिएको छ ।

यसअघि यही मंसिर १४ गते रिट दायर गरेका रोकायाको रिटमा मंसिर १५ मा उच्च अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाऊँ आदेश जारी गरेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update