यो वर्ष आर्थिक वृद्धि ५ प्रतिशत मात्रै : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालू आवमा ४/५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संघीय संसदको अर्थ समितिलाई मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै चालू आवमा ४/५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको बताएका हुन् ।
सरकारले भने आर्थिक वर्ष २०८०-८१ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
आर्थिक वर्षमा पर्यटन आगमन, रेमिट्यान्सको वृद्धि र कर्जा प्रवाह बढ्न थालेका कारण ४/५ प्रतिशतको आर्थिक वृद्धि गर्न सकिने राष्ट्र बैंकको आँकलन छ।
गत वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा २.१६ प्रतिशतमा खुम्चिएको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १४:४३
प्रतिक्रिया दिनुहोस्