Public Pana
अमेरिकी वरिष्ठ अधिकारी लाउबाचर पुगिन नेपाल 

दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर आज नेपाल आएकी छन् । 

दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर एयर इन्डियाको उडानबाट आज बिहान काठमाडौँ आइपुगेकी हुन्। 

परराष्ट्र मन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा नेपाल भ्रमण भएकी उनको भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

वरिष्ठ निर्देशक लाउबाचर आज र भोलि भेटवार्तामा व्यस्त रहने जनाइएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update