Public Pana
अर्थतन्त्र बलियो पार्न तथा शासकीय सुधारका लागि प्रधानमन्त्री प्रचण्डले पूर्व मुख्यसचिव लगायतसँग छलफल गर्दै

नेपालको अर्थतन्त्र र शासकीय सुधार  विषयक अन्तरक्रिया कार्यक्रम हुँदै छ । 


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व मुख्यसचिवसहित सचिवहरूसँग अर्थतन्त्र र शासकीय सुधारबारे आज बुधबार अन्तरक्रिया गर्ने भएका हुन् । 


बुधवार स्टाफ कलेज जावलाखेलमा हुने कार्यक्रममा शासकीय सुधारको आधारभूत संरचना र सरकारका तात्कालिक कार्यहरूबारे डा.हिरा घिमिरे, पूर्णचन्द्र भट्टराई, डा.उद्धव प्याकुरेलले प्रस्तुतीकरण गर्दै छन् भने नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र समाधानबारे रामेश्वर खनाल, विश्वास गौचन र शिवराज अधिकारीले प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको प्रशासन स्रोतले जानकारी दिएको छ । 

करिब ५ बजेसम्म हुने कार्यक्रममा सुधारको कार्यदिशाबारे नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

पछिल्लो समय राजनीतिसँगै देशको अर्थतन्त्र र प्रशासन निकै कमजोर र जर्जर अवस्थामा पुगेको छ ।

भाषण र गफले सबै ठिकठाक भए पनि परिणाम देख्दा भने जिब्रो टोक्नु पर्ने अवस्था छ । जसलाई तत्काल उकास्न सकेन भने गम्भीर जोखिम मोल्नुपर्ने विज्ञहरू बताई रहेका छन् । 

यदि यी दुबैलाई लयमा ल्याउने हो भने पहिलो कुरा भनाई र गराइमा एकरूपता ल्याउन जरुरी छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update