Public Pana
प्रधानमन्त्री प्रचण्ड विरामी गृहमन्त्री श्रेष्ठलाई भेट्न पुगे अस्पताल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न अस्पताल पुगेका छन् । 

छातीमा असहज भएपछि श्रेष्ठलाई गएराति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएको छ ।

आज बुधबार बिहानै अस्पतालमा पुगेर प्रचण्डले श्रेष्ठलाई भेटेका हुन्। 
त्यसक्रममा प्रधानमन्त्रीले गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाको विषयमा चिकित्सकसँग  जानकारी लिएका छन्। 

हृदय रोग केन्द्रको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ। श्रेष्ठको अवस्था सामान्य बन्दै गएको उनको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update