Public Pana
फेरि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ, अस्पताल भर्ना
फाइल तस्बिर

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि बिरामी परेका छन् । 

छातीमा असहज महसुस भएपछि गएराति साढे ११ बजे उनलाई गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा गरिएको उनको सचिवालयले जनाएको छ ।

हाल सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ। उनको स्वास्थ्यावस्था स्थिर रहेको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा हिजो मिति २०८० मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना हुनुभई आंशिक अवरोध रहेको भागमा समेत डा.अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा उपचाररत रहनुभएको र हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा अस्पतालले जनाएको छ,’ मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि गएको कात्तिक १ गते चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयाघात भएको थियो।

हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा एक सातासम्म उपचार गराएर उनी स्वदेश फर्किएका थिए।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update