Public Pana
सत्ता गठबन्धन बैठकको एनसेल शेयर बिक्रिबारे छानबिन गर्ने निष्कर्ष

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल किनबेच प्रकरणमा गम्भीर छानबिन गर्नुपर्ने निष्कर्ष सत्ता गठबन्धनले निकालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सत्ता गठबन्धनको बैठकले एनसेलको सेयर ब्रिकीबारे गम्भीर अध्ययन र छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेता लगायत अर्थमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्री लगायतसँग प्रधानमन्त्रीले छलफल गरेका थिए । 

उक्त बैठकमा सत्तारुढ गठबन्धनका नेताहरूले एनसेलको किनबेच नेपालको कानुनअनुकुल नरहेको, शंकास्पद कारोबार भएकोसहितका कुरा उठाएका थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि एनसेलको खरिदबिक्री पारदर्शी नभएको कुरा राखेका थिए ।


प्रधानमन्त्रीले एनसेल किनबेच हुँदा कानुनअनुसार नभएकोबारे आफ्नो धारणा प्रष्ट पारेको थिए ।


त्यसपछि सत्तारुढ दलका सबै नेताहरूले एनसेलको खरिदबिक्री प्रकरणमा गम्भीर छानबिन तथा अध्ययन आवश्यक रहेको साझा धारणा बनाएको छन्।

प्रधानमन्त्रीले एनसेल किनबेच प्रकरणमा गहिराइमा पुगेर अनुसन्धान गर्न सरकार तयार रहेको भन्दै दलहरूलाई आश्वस्त बनाएका थिए। 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update